कांग्रेससँगको सहकार्य तोड्ने प्रचण्डको अन्तिम तयारी, आजै ओलीसँग निर्णायक वार्ता गर्ने
काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा आ–आफ्नो दाबीको कारण कांग्रेस र माओवादी केन्द्रबीच सम्बन्ध चिसिएको छ । खासगरी राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो दलको उम्मेद्वार पराजित भएपछि माओवादी नेतृत्व कांग्रेससँग असन्तुष्ट छ ।
माओवादीका अधिकांश नेतृत्व तहका नेताहरुले कांग्रेससँगको सहकार्य पूनर्विचार गर्नुपर्ने आवाज उठाएको बेलामा अहिले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा सत्ता गठबन्धनका दुई मुख्य घटक कांग्रेस र माओवादी वारपारको स्थितिमा आईपुगेका छन् । २९ फागुनमा हुने राष्ट्रियसभाको अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेद्वारी दिने निर्णय गरिसकेको छ ।
यसअघि ११ माघमा भएको राष्ट्रियसभाको निर्वाचनअघि नै माओवादी र कांग्रेसबीच राष्ट्रियसभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अघि सार्ने भद्र सहमति भएको चर्चा छ । तर, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै त्यतिवेला अर्कै परिस्थिति भएपनि अहिले त्यो परिस्थिति फेरिएको भन्दै आफूले पनि कांग्रेससँगको सहकार्य तोड्ने मनशाय बनाएको निश्कर्ष सुनाए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भने वर्तमान गठबन्धनमा कुनै समस्या नभएको भन्दै कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । प्रधानमन्त्री दाहालसँग योबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर भेटवार्ता गरेका छन् । उनीहरु सत्ता–सहकार्यको लागि सहमतिनजिक पुगेको विश्वस्त स्रोतको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डले पनि एमालेकै साथ र समर्थनमा राष्ट्रियसभाको अध्यक्षको लागि उम्मेद्वारी दिने भनेर पार्टीबाट निर्णय गराएको भन्नेबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ । पदाधिकारी बैठकमा अधिकांश नेताले सभापति देउवालाई माओवादीलाई विश्वासमा लिन आग्रह गरेका छन् । देउवाको दूतको रुपमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन् ।
कांग्रेसले अब राष्ट्रियसभाको अध्यक्ष माओवादीलाई नै दिने सहमति गरेपनि प्रचण्ड एमालेसँगको सहकार्यको लागि धेरै अघि बढेका छन् । सत्ता–सहकार्यको लागि पटक पटक ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएका छन् । एमाले नेतृत्वले भने समय घर्किएपछि सहमति गर्नुको अर्थ नहुने भन्दै आजरभोलि नै सहकार्यको लागि सहमति गर्न दबाब दिएको छ । विश्वस्त सूत्रकाअनुसार प्रधानमन्त्री दाहालले आजै साँझसम्म ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् ।
आज विहानमात्रै एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन् । खनालपनि पछिल्लो समय वामपन्थीहरुको एकताको पक्षमा सक्रिय भएका छन् । ओली र दाहालबीच सहमति भए नेपालका सबै वाम एक ठाउँ आउने सम्भावना रहेको छ ।
कांग्रेस महासमिति बैठकमा भएको छलफल र लिएका निर्णयबाट दाहाल र ओली सहकार्यको लागि नजिकिएको चर्चा छ । खासगरी कांग्रेस महासमिति बैठकमार्फत हिन्दूराष्ट्रको लागि हस्ताक्षर अभियान चलाईनुले कांग्रेस कतै हिन्दूराष्ट्र हुँदै राजसंस्था फर्काउनेगरि अघि त बढ्दैन रु भन्नेमा दुई नेता सशंकित बनेको बुझिएको छ ।
कांग्रेसले गठबन्धन नगर्ने भनेर गरेको निर्णयबाट प्रधानमन्त्री प्रचण्ड बिच्किएका छन् । यस्तै, माओवादीको १० वर्षे सशस्त्र जनयुद्धबारे पनि कांग्रेस महासमिति बैठकमा अनावश्यक बहस भएको भन्दै माओवादी वृत्तमा आक्रोश छ । प्रधानमन्त्री प्रचण्डले पनि सार्वजनिक रुपमै यसबारे असन्तुष्टि पोखेका छन् ।
ओली र प्रचण्डबीच सहकार्यको लागि अहिले एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ सक्रिय छन् । उता, माओवादीबाट भने वर्षमान पुन सक्रिय रहेको बुझिएको छ । प्रधानमन्त्री दाहाल र ओलीबीच सत्ता–सहकार्यबारे सहमतिमा पुग्नको लागि गत माघको अन्तिम साता नै निर्णायक वार्ता भैसकेको जनाईएको छ ।
प्रधानमन्त्री दाहाल यतिवेला बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन त्यहाँ पुगेका छन् । उनी काठमाडौं फर्किएलगत्तै एमाले अध्यक्ष अोलीसँग निर्णायक भेटवार्ता हुने बताईएको छ । आज साँझसम्म दुई नेताबीच निर्णायक भेटवार्ता हुने विश्वस्त्र स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


