नियमित कागती पानी पिउनुहोस्, हुन्छन् यति धेरै फाइदाहरू
सामान्यता कागती सबैको घर,किचनमा उपलब्ध हुने चिज हो । खरिदको हिसाबले पनि सस्तो नै हुन्छ कागती । हामी कागतीलाई विभिन्न परिकारहरूमा मिश्रित गरेर सेवन गर्ने गर्छौ ।
चिया मा हालेर ,अन्य विभिन्न तरकारीहरूमा पनि स्वादिलो बनाउन कागती प्रयोग गर्ने गर्दछौ ।
कागतीलाई हामी ब्युटी टिप्सका रूपमा पनि अनुहार चम्किलो बनाउन प्रयोग गर्ने गर्दछौ । अझ बिशेष गरि अचार बनाउँदा नभई नहुने एक आइटम हो कागती । वास्तवमै कागती बहु उपयोगी र मानव स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो ।
हाम्रो सामान्य ज्ञान अनुसार कागती पानी खायो भने तौल घटाउन सकिन्छ भन्ने बुझाई छ । तर यति मात्र हैन कागतीका अन्य निकै लाभदायी फाइदाहरू पनि रहेछन् ।
जुन यस प्रकार रहेका छन् ।
-कागतीमा भिटामिन ‘सी पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ ।
-शरीरमा स्फूर्ति पनि बढ्छ र तौल घटाउन सहयोग पनि गर्छ ।
-कागती पानीले शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
– घुँडा र जोर्नीहरूको पीडा कम गर्छ साथै युरिक एसिडलाई विघटित गरिदिन्छ ।
-कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
-हरेक दिन कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन साथै कागती पानीको नियमित सेवनले पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत गर्छ ।
-कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ ।
-खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

