Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने: उजुरी दर्ता हुनासाथ राजीनामा दिँदै जाने हो भने मन्त्री र संसद् खाली हुन्छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ६
गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने: उजुरी दर्ता हुनासाथ राजीनामा दिँदै जाने हो भने मन्त्री र संसद् खाली हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सदन अवरुद्ध गरेर अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन्।

मंगलबार बिहान धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्तीसमेत रहेका ओलीले सहकारीका अनावश्यक विषय झिकेर कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नै अनैतिक भएको दाबी गरे । उनले कुनै विषयमा उजुरी पर्दैमा राजीनामा दिँदै जाने हो भने नेपालमा संसद् र मन्त्री पद सवै रित्तिने जिकिर गरे ।

ओलीले भने, ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि !’।

कांग्रेसले सहकारी मुद्दामा गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदा संसद्मा बारम्बार अवरोध गर्दै आईरहेको छ । कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स