Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ भोलि चीन भ्रमणमा जाँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १०
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ भोलि चीन भ्रमणमा जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी यही चैत १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स