होलीमा सडक छेउमा रोप्नुहोस् यी विरुवा, मिल्नेछ सबै समस्याबाट मुक्ति
एजेन्सी । कुनै व्यक्तिको मृत्यु भएपछि अन्तिम संस्कारमा करिव एक रुखको काठ जलाउने धार्मिक मान्यता छ । ज्योतिषशास्त्रका अनुसार यसका कारण मानिस रुखको ऋणी बन्न पुग्छ । यदि मानिसले आफ्नो अर्को जन्ममा रूख रोप्छ भने उसलाई यो ऋणबाट मुक्ति मिल्छ । यसको फाइदा भावी पुस्तामा पुग्छ ।
ज्योतिषीका अनुसार यो होलीमा गम्भीर समस्या र रोगबाट बच्न सडकको छेउमा वा खेतमा ५ वटा पलाश विरुवा रोप्नु उत्तम हुन्छ । यसले उनीहरुको पीडा हट्छ । ज्योतिषशास्त्रमा रुखलाई परोपकारी गुरु भनिएको छ, जसले समस्याबाट मुक्ति प्रदान गर्न सक्छ ।
यदि तपाई मंगल ग्रहको दुखले हैरान हुनुहुन्छ भने होली यो दुःखबाट मुक्ति पाउने सुनौलो अवसर हो । मंगल ग्रहको प्रकोपबाट बच्न हनुमान मन्दिर वा राम मन्दिर नजिक २ वटा हरसिङ्गारको विरुवा लगाउनु पर्छ । यदि यो सम्भव छैन भने, यी विरुवाहरू पार्कमा रोप्नुहोस् ।
यदि तपाईको कुंडलीमा शुक्र दोष छ वा तपाई शुक्रको प्रकोपबाट समस्यामा हुनुहुन्छ भने होलीमा रुख रोपेर यो समस्याबाट छुटकारा पाउन सकिन्छ । ज्योतिषीका अनुसार शुक्र ग्रहको अनुग्रहका लागि मानिसले जहाँसुकै गुलरको रुख रोप्नुपर्छ ।
शनिदेवलाई न्यायको देवता मानिन्छ तर शनिको तिरछा नजर मानिसमा पर्यो भने वर्षौंसम्म समस्याले घेर्छ । यस्तो अवस्थामा यस होलीमा शनिको प्रकोपबाट आफूलाई बचाउनको लागि बरगद, शमी वा पिपलका सातवटा विरुवा रोप्नुहोस् ।
राहुको नजर कसैमाथि पर्यो भने त्यस व्यक्तिको जीवन बर्बाद हुन सक्छ । ज्योतिषशास्त्रका अनुसार केहि विरुवा रोप्दा राहुको प्रकोपबाट बच्न सकिन्छ । राहुको प्रकोपबाट बच्न चाहनेले जुनसुकै ठाउँमा चन्दन, नीम, अनार वा पिपलको सातवटा विरुवा रोप्नुपर्छ ।
राहु केतुको प्रभावबाट बच्न रुख रोप्नु ज्योतिषशास्त्रमा निकै लाभदायक मानिन्छ । ज्योतिषीका अनुसार केतुको प्रकोपबाट बच्न मानिसले अश्वगन्धा वा बरगदका ७ विरुवा रोप्नुपर्छ । होलीको अवसरमा वृक्षारोपण गर्नाले तपाईका सबै समस्या हट्छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

