नेप्से परिसूचक १९.५६ अङ्कले गिरावट
काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९.५६ अङ्कले घटेर १९७२.१४ अंकमा सिमित भएको छ ।
आज नेप्से सेन्सेटिभ परिसूचक ३.०४ अङ्कले ओरालो लागेको छ र ३५०.४७ अंकमा पुगेको छ । आज कूल ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ ।
त्यस्तै आज सूर्यज्योति लाइफ इन्स्योरेन्स १० करोड ५१ लाख ३७ हजार ६७९, पोखरा फाइनान्स ७ करोड ३७ लाख ५५ हजार ६४६, शिवम् सिमेन्टको ५ करोड ४५ लाख १९ हजार १२३ र हिमालयन रिइन्स्योरेन्सको ५ करोड ३० लाख ४९ हजार ५५१ मूल्यमा कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज खानीखोला हाइड्रोको ७. ९४ तथा पोखरा फाइनान्सको ६.२१ ले बढेको छ । त्यसैगरी आज रुरु जलविद्युतको ९.९९ तथा गुर्खाज फाइनान्सको शेयर मुल्य ९.३९ प्रतिशतले घटेको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
