चन्द्रपुरमा ३० रुपैया तिर्न ३ सय खर्च गर्नुपर्ने बाध्यता
रौतहट । चन्द्रपुर नगरपालिका वडा नं १ का स्थानीय बासिन्दा यतिबेला ३० रुपैयाँको बिजुलीको बिल तिर्न २०० रुपैयाँ खर्च गर्न बाध्य भएका छन् । वडा कार्यालयमा रहेको खानेपानी तथा बिजुलीको बिल तिर्ने यी सेवाको काउन्टर वडा कार्यालयले बन्द गरेपछि सर्वसाधारणहरु यतिबेला मारमा परेका छन् । इ सेवा काउन्टरमा कार्यरत रहयकी कि एक कर्मचारीलाई वडा कार्यालयले हटाएपछि सो काउन्टर बन्द भएको हो ।
गत वैशाख ३ गते खानेपानी तथा बिजुलीको महसुल तिर्ने काउन्टरमा कार्यरत सजना राईको काम सन्तोषजनक नभएको भन्दै वडा अध्यक्षले उनलाई काममा नआउने गरी हटाएपछि काउन्टर बन्द भएको हो । वडा कार्यालयले काउन्टरबाट राईलाई हटाएर अर्को मान्छे नियुक्त नगरेका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर १ का स्थानीय बासिन्दाले बिजुलीको बिल तिर्नका लागि चन्द्रनिगापुर आउनुपर्ने बाध्यता आइपरेको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेको भनाइ रहेको छ । ३० रुपैयाँको बिजुलीको बिल तिर्नका लागि अहिले पौराई बासीले २०० रुपैयाँ अटोमा खर्च गरेर चन्द्रनिगापुर स्थित विद्युत प्राधिकरणको कार्यालयमा पुग्नुपर्ने बाध्यता आइपरेको न्यौपानेको भनाइ रहेको छ ।
वडाको इ सेवा काउन्टरमा कार्यरत रहेकी सजना राईलाई ४ गते वडा कार्यालयले काम सन्तोषजनक नरहेको भन्दै हटाएपछि अहिले इ सेवा काउन्टर बन्द भएको छ । सो काउन्टरबाट स्थानीय बासिन्दाले खानेपानीको महसुल र बिजुलीको महसुल तिर्दै आएका थिए । सो विषयमा चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतसँग कुरा गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन । चन्द्रपुर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयका विभिन्न कामको पछिल्लो समय तीव्र रुपमा आलोचना हुँदै आएको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

