मेरी श्रीमतीकाे खानामा शौचालय सफा गर्ने केमिकल मिसाइयोः इमरान खान
एजेन्सी । पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको मेडिकल जाँचको लागि अनुरोध स्वीकार गरेको छ ।अदालतले दुई दिनभित्र पूर्व प्रथम महिलाको निजी अस्पतालमा एन्डोस्कोपी गर्न निर्देशन दिएको छ।
७१ वर्षीय खानलाई धेरै मुद्दामा दोषी ठहर गर्दै रावलपिंडीको अदियाला जेलमा राखिएको छ भने बुशरा बीबी हाल इस्लामाबादस्थित खानको घर बनी गालामा बन्दी छिन् । शुक्रबार मात्रै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक खानले ४९ वर्षीया बुशरा बीबीलाई शौचालय सफा गर्ने खाना मिसाइएको अदालतमा दाबी गरेका थिए ।
न्युज इन्टरनेशनलका अनुसार खानले शौकत खानुम अस्पतालका प्रमुख चिकित्सा अधिकारी डा. असिम युसुफले बुशरा बीबीको शिफा इन्टरनेशनल अस्पतालमा परीक्षण गर्न सिफारिस गरेको तर जेल प्रशासन पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा परीक्षण गराउन अडिग रहेको बताए। अदालतले सुनुवाई अप्रिल २३ सम्मका लागि स्थगित गरेको छ ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

