आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीको राहत
नवलपरासी । पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँ पालिका वडा नम्बर ०६ पडरीका आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीले राहत वितरण गरिएको छ । रोटरी क्लब अफ नवलपरासीले सोमबार तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया मरेका पीडितलाई राहत सामग्री वितरण गरेका छन् ।
रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष बिरेन्द्र अग्रहरीले गर्मी बढिरहेको तथा हवा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि जिल्लाका केही गाउँ ठाउँमा आगो तीव्ररुपमा फैलिएकाले सजग हुन आग्रह गरे । खडेरीको मौसममा गाउँ घर बस्तीमा आगो फैलिन पुगी जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पक्षीसमेतलाई हानिनोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ वरिपरिको क्षेत्रलाई आगो लागि बाट जोगाई संरक्षणतर्फ अग्रसर हुन स्थानीयवासीलाई अनुरोधसमेत गरे । उनले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिए ।
आगलागी पीडितलाई राहत वितरणमा रोटरी क्लब अफ नवलपरासीका सदस्यहरु बाट सहयोग आएको रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष अग्रहरीले बताएका थिए । भने राहत वितरण कार्यक्रममा सुमन गोपाल आचार्य, सुनिल कसौधन, मेघराज गौतम, पुर्सोत्तम ढकाल , नानु कुमारी खड्का मनोज गिरि लगाएको सहभागिता रहेको थियो ।
शुक्रबार दिउँसो २ बजे पडरीमा लागेको आगोलागीबाट ४ वटा घर पुर्ण क्षती भएको थियो क्षतिमा रामवृज धोबी , रामबृक्ष धोबी(बुलाकी), चद्रीका दोबी, चन्ना धोबी छन भने आंशिक क्षति राजेश धोबी, भिखारी धोबी, कोइल पठान ,मेराज पठान, कैस मोहम्मद अन्सारी, हैदर अलि अंसारी, इद्रीस पठान, कमरान अन्सारीका घर जलेका थियो ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
