आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीको राहत
नवलपरासी । पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँ पालिका वडा नम्बर ०६ पडरीका आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीले राहत वितरण गरिएको छ । रोटरी क्लब अफ नवलपरासीले सोमबार तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया मरेका पीडितलाई राहत सामग्री वितरण गरेका छन् ।
रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष बिरेन्द्र अग्रहरीले गर्मी बढिरहेको तथा हवा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि जिल्लाका केही गाउँ ठाउँमा आगो तीव्ररुपमा फैलिएकाले सजग हुन आग्रह गरे । खडेरीको मौसममा गाउँ घर बस्तीमा आगो फैलिन पुगी जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पक्षीसमेतलाई हानिनोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ वरिपरिको क्षेत्रलाई आगो लागि बाट जोगाई संरक्षणतर्फ अग्रसर हुन स्थानीयवासीलाई अनुरोधसमेत गरे । उनले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिए ।
आगलागी पीडितलाई राहत वितरणमा रोटरी क्लब अफ नवलपरासीका सदस्यहरु बाट सहयोग आएको रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष अग्रहरीले बताएका थिए । भने राहत वितरण कार्यक्रममा सुमन गोपाल आचार्य, सुनिल कसौधन, मेघराज गौतम, पुर्सोत्तम ढकाल , नानु कुमारी खड्का मनोज गिरि लगाएको सहभागिता रहेको थियो ।
शुक्रबार दिउँसो २ बजे पडरीमा लागेको आगोलागीबाट ४ वटा घर पुर्ण क्षती भएको थियो क्षतिमा रामवृज धोबी , रामबृक्ष धोबी(बुलाकी), चद्रीका दोबी, चन्ना धोबी छन भने आंशिक क्षति राजेश धोबी, भिखारी धोबी, कोइल पठान ,मेराज पठान, कैस मोहम्मद अन्सारी, हैदर अलि अंसारी, इद्रीस पठान, कमरान अन्सारीका घर जलेका थियो ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

