आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
जानकारी केन्द्र
२०८१, बैशाख, ११
काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन् । आधा खेल सकिदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ ।
अहिलेसम्मको प्रदर्शनको आधारमा राजस्थान रोयल्स, कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्लेअफको सम्भावनालाई नजिक पुर्याएका छन् । अहिले राजस्थान १४ अंक सहित शिर्ष स्थानमा छ भने कोलकोता र सनराइजर्स १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै ८-८ अंक हासिल गरेर चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सले पनि आफुलाई प्लेअफमा पुर्याउने दौडमा रहेका छन् ।त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनमा सबैभन्दा बढी ७ खेलमा हार बेहोरेको छ भने अब प्लेअफको दौडबाट लगभग बाहिरिएको छ । अब बाँकी रहेका सबै ६ खेल जितेमा पनि बैंगलुरुको १४ अंक हुने छ, जुन प्लेअफका लागि पर्याप्त हुदैन।
त्यस्तै पञ्जाव किंग्सले यस सिजनमा ६ खेलमा हार बेहोरेर प्लेअफको सम्भावनालाई कठिन बनाएको छ । खेल्न बाँकी रहेका सबै ६ खेल जितेमा पञ्जावको १६ अंक हुने छ, जुन अलि असम्भव देखिन्छ। त्यसैगरी दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्ले यस सिजनमा ५-५ खेल हारेर कठिन अवस्थामा पुगेका छन् । ६-६ अंकसहितसातौँ र आठौं स्थानमा रहेका दुवै टिमले प्लेअफमा ठाउ बनाउन बाँकी सबै खेल जित्नुपर्ने अवस्था बनेको छ ।
यसरी प्रतियोगिताका आधा खेल सकिदा शिर्ष तीन स्थानमा रहेका राजस्थान, कोलकोता र सनराइजर्स प्लेअफमा पुग्ने सम्भावना बढी देखिएको छ भने चौथो स्थानका लागि चेन्नई, लखनउ र गुजरातको भिडन्त हुने देखिन्छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
