किन आमने सामने भए अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी र मस्क ?
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्क आमने सामने भएका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले अब एलन मस्कलाई ‘अहंकारी अर्बपति’ भन्दै टिप्पणी गरेका छन् । गत हप्ता सिड्नीको एक चर्चमा विशपमाथि चक्कु प्रहारको फुटेजलाई लिएर दुईबीच बहस चलिरहेको छ ।
सोमबार अष्ट्रेलियाको एक अदालतले मस्कका एक्सबाट सिड्नी आक्रमणको भिडियो हटाउन आदेश दिएको थियो ।प्रधानमन्त्री एन्थोनी अल्बानीजको बयान मस्कले एक मेम साझा गरेपछि दुवै आमने सामने देखिएका हुन् । यसमार्फत मस्कले अस्ट्रेलिया सरकारमाथि सेन्सरसिपको आरोप लगाएका थिए ।
बिशपमाथि भएको आक्रमणको भिडियो अस्ट्रेलियाका प्रयोगकर्ताहरूका लागि हटाइएको छ तर बाँकी विश्वमा भने हटाइएको छैन।
मंगलबार, प्रधानमन्त्री अल्बानीजले एबीसी न्यूजलाई भने, ‘मस्कलाई लाग्छ कि उनी कानून मात्र होइन, शिष्टताबाट पनि माथि छन् । मलाई यो असामान्य लाग्छ कि एक्सले आदेशको पालना गर्नुको सट्टा आफ्नो मुद्दा बहस गर्ने निर्णय गरेको छ ।’
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
