नेपालकै पहिलो लाईफ टाईम व्याट्रि अस्योरेन्स भएको टिभिएस आई क्यून ईलेक्ट्रिक स्कुटर मात्र २,९९,९०० मा
काठमाडौँ । नेपालमा दिगो यात्रा प्रवर्दधन गर्ने प्रतिबद्धताका साथ, जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले टाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आई क्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आई क्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ ।
ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आई क्यूबका ग्राहकहरूले ७०% एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याटी लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आई क्यूब र टिभिएस आई क्यूब एस गरी टिभिएस आई क्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । ग्राहकहरुले मात्र रु२,९९,९०० मा टिभिएस आई क्यूब खरिद गर्न पाउने छन् । टिभिएस आईक्यूवका दुई पाडग्रे सवारी साधनहरुले नेपालमा ४११,००० किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव ३,००,००० ग्राहकहरुले १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।
यासको बारेमा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक श्री अखिल गुप्तालेज्यूले भन्नुभयो, “ हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छौं। हामी विश्वस्त छौं कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ, नेपालको स्कुटर बजारमा विद्युतिय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ। ब्याटी एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आई क्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सफल हुने छन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आई क्यूबकाको प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३००लिटरले कम गर्ने छन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउँने छन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो।”
आई क्यूवले ग्राहकहरूलाई श्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ। नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आई क्यूबको मूल्य रु २,९९,९०० बाट सुरु हुनेछ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
