Jankari Kendra
१० श्रावण २०८३, आईतवार

बैकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, बैशाख, १२
बैकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ

बाँके । बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कहोलपूर नगरपालीका ११ वस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपूर बाँकेले आईतवार पक्राउ गरेको हो । उनलाई बर्दियाको, बानियाभारबाट (माईतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ । ईलाका प्रहरी कार्यलयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुनेक्रममा रहेको जानकारी दिएका छन् ।

केहि समय अगाडी बैकिङ्ग कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुन बहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोवाटो ललितपुरबाट पक्राउ गरि कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्याइएको थियो ।  त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

युट्युब सट्स