पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बने चार किर्तिमान
काठमाडौँ । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले रनको बर्षा गरिरहेका छन् । गएराती सम्पन्न पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीचको खेलमा पनि रनको बर्षा भएको छ ।
कोलकोताले दिएको २६२ रनको लक्ष्य पञ्जावले १८.४ ओभरमा नै २ विकेट गुमाएर पुरा गरेपछि यो खेल आफैमा ऐतिहासिक बनेको थियो ।
यस रिपोर्टमा यस खेलमा बनेका केहि रेकर्डको बारेमा चर्चा गर्दैछौं ।
१. पञ्जाव किंग्सले यस खेलमा टी-२० क्रिकेटकै इतिहासमा अहिलेसम्मको धेरै रन पिछा गरेर बनाएको छ । यस अघि २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रनको लक्ष्य पिछा गरेर पुरा गरेको थियो । पञ्जाव किंग्सले यो रेकर्डलाई आफ्नो नाममा लेखाएको छ ।
२. त्यसैगरी आइपिएलको इतिहासमा यो अहिलेसम्मको ठुलो रन चेज हो । यसअघि २०२० मा राजस्थानले पञ्जावले दिएको २२४ रन चेज गरेको थियो भने राजस्थानले यसै आइपिएलमा कोलकोताले दिएको २२४ रनको लक्ष्य चेज गरेको थियो ।
३ . यस खेलमा आइपिएलको इतिहासमा एक इनिंगमा सबैभन्दा बढी छक्का यसै खेलमा प्रहार भएको छ । पञ्जावले आफ्नो इनिंगमा २४ छक्का प्रहार गरेको थियो ।यसअघि यसै आइपिएलमा सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्लीविरुद्ध एकै इनिंगमा २२-२२ छक्का प्रहार गरेको थियो ।
४. त्यसैगरी यस खेलमा आइपिएलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी छक्का प्रहार भएको छ । यस खेलमा कुल ४२ छक्का प्रहार भएको थियो । यसअघि सनराइजर्स र मुम्बई तथा सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरुको खेलमा ३८-३८ छक्का प्रहार भएको थियो ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

