पर्सा प्रहरीद्वारा मध्यराती गोली हानेर गोठाटार हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ
वीरगंज । काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएका अभियुक्त पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले वीरगञ्जमा गोली हानी सो घटनाका अभियुक्त पक्राउ गरेको हो ।
घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् । घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको छ ।
पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।
प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चार माध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।
उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मद बारे भारतीय पक्षले चासो राख्दै आएको थियो । उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाइ छ । उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
