यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ ।
बिहिबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। यसअघि बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहिबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा युरो ७० पैसाले घटेको हो । बुधबार युरोको खरिददर १४२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।
आज बेलायती पाउन्ड ९० पैसाले घटेर पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसा तोकिएको छ। बुधबार भने यसको खरिददर १६७ रुपैयाँ १० पैसा तथा बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको थियो ।
त्यसैगरी बिहिबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा कायम गरिएको छ। बिहिबार क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ९७ रूपैयाँ १८ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ४४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ४७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६५ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०३ पैसा कायम गरेको छ ।
यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ २१ र बिक्रीदर ४३४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
