पोखरामा पर्यटकहरूलाई दु:ख दिने पाँच जना पक्राउ
पोखरा । पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ, सोही महानगरपालिका-६ लालुपाते मार्ग बस्ने २५ वर्षीय मिन प्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, सोही महानगरपालिका-६ खहरेचोक बस्ने २५ वर्षीय शुसान्त क्षेत्री र सोही महानगरपालिका-६ हल्लनचोक बस्ने २५ वर्षीय अमित भण्डारी रहेका छन् ।
पोखरा महानगरपालिका-५ जिरो किमी, सोही महानगरपालिका-६ लेकसाईड, हल्लनचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा विदेशी पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी दिई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

