अम्पायरसँग बहस गरेका राजस्थानका कप्तान सामसनलाई कारवाही
काठमाडौँ । जारी आइपिएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई कारवाही गरिएको छ । गएराती सम्पन्न दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अम्पायरसँग बहस गरेपछि उनलाई म्याच फिको ३० प्रतिशत जरिवाना गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनलाई जरिवाना लगाएको हो । दिल्लीविरुद्धको खेलमा सामसन विवादस्पद रुपमा आउट भएका थिए । अम्पायरले विवादस्पद रहेको आउटलाई थर्ड अम्पाएरसँग सल्लाह नगरी आउट दिएको भन्दै बहस गरेका थिए ।
खेलको १६औं ओभरमा दिल्लीका बलर मुकेश कुमारको बलमा सञ्जु सामसनले बलियो शट प्रहार गरे, बल सीधा छक्कामा जाँदै थियो तर बाउन्ड्रीमा पोस्ट गरिएका शाइ होपले त्यसलाई क्याच गरे । यस क्रममा उनले आफूलाई सीमाना छुनबाट जोगाएको देखियो । सामसन पनि डगआउटतिर जान थालेको बेला क्याच आउटको भिडियो रिप्लेमा प्ले भयो, त्यसपछि विकेटकिपर ब्याट्सम्यान अम्पायरसँग कुरा गर्न आए ।
राजस्थानले २० रनले हारेको यो खेल अम्पायरको सोहि निर्णयका कारण हारेको भन्दै सामाजिक सञ्जालमा अम्पाएरको आलोचना भइरहेको छ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

