आइपिएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बन्यो मुम्बई
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा मुम्बई इण्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ ।
यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ । अंक तालिकामा नवौं स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकि रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो ।
अंक तालिकामा हाल कोलकाता र राजस्थानको १६–१६ अंक छ र क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यस्तै सनराइजर्स हैदरावादको १२ खेलमा १४ अंक छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टको १२-१२ अंक रहेको छ र क्रमश: चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । चेन्नईले ११ खेल खेलेको छ भने दिल्ली–लखनउले १२–१२ खेल खेलेका छन्।
मुम्बईको नेट रन रेट पनि निकै कम छ । बाँकी दुई खेल जितेपनि मुम्बईका लागि प्लेअफमा पुग्न १२ अंक पर्याप्त हुनेछैन । मुम्बईले पछिल्लो पटक सन् २०२० मा पाँचौं आईपीएल ट्रफी जितेको थियो ।
त्यसबेलादेखि, मुम्बई पछिल्लो चार सिजनमा २०२३ मा मात्र प्लेअफमा स्थान बनाएको थियो । यस सिजनमा मुम्बईले हार्दिक पाण्डेयलाई कप्तान बनाएपछि टिम एकजुट नरहेको र उनलाई बाँकी खेलाडीको सहयोग नरहेको विभिन्न रिपोर्टमा बताइएको थियो ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
