• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १२ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

२०८१ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, जेष्ठ, २

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका जातकका लागि जेठ महिनामा लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशिका लागि जेठ महिनामा राम्रो फल मिल्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक यात्राको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशिका लागि जेठ महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो महिना इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । रमाइलो भेटघाट हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको उत्तरार्धबाट अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शैक्षिक क्षेत्रबाट सामान्य सफलता मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिको लागि यो महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका जातकका लागि जेठ महिनामा स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । महिनाको मध्यबाट नसोचेको ठाउँबाट धनागम हुनेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । शुभ समाचार सुन्न पाइएला । शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि जेठ महिनामा धार्मिक कार्य वा शुभ कार्य हुनेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिका लागि जेठ महिना लाभदायी रहनेछ साथै आर्थिक वृद्धि हुने देखिन्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मकर राशिका लागि जेठ महिना शुभ र नयाँ कार्यको थालनी हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । कुनै कुराले मनमा शान्ति छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । वाहन लाभ हुने समय छ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो महिनामा शुभकार्यमा सरिक भइनेछ । लामो यात्रा सुखद् र सफल हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आर्थिक नोक्सानी पनि हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशिको लागि यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नु पर्नेछ । अनावश्यक र नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्ध बाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ र शुभ कार्यको योग समेत रहेको छ । (अधिक जानकारीको लागि 977-9849559502)

ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.