जेठ ०५ देखि ११ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । साताको उत्तरार्धबाट सामान हराउने योग छ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता चिताएको कामले तीव्रता लिनेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सुखसुविधा भोग गर्न पाइनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । राजनैतिक कार्यमा बाधा आउला । भोज भतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला खर्च नियन्त्रणभन्दा बाहिर हुन सक्छ । सोमबारबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रस्ताव पनि आउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो हप्ता लाभदायक यात्रा रहनेछ । पुनर्मिलनको योग रहेको छ । सुख सुविधा भोग गर्न पाइनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता पुनर्मिलनको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । मनोरञ्जनमा सहभागिता भइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साताको सुरुका दिनमा कार्य सम्पादनमा समस्या आउला । आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । साताको मध्यमा भने आकस्मिक यात्राको अवसर आउन सक्छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुन सक्छ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता पार्टी तथा सेमिनारमा सहभागी भइएला । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । पुराना साथीभाइसित भेटघाट हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता आलस्य तथा थकानको अनुभूति हुनेछ । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र विवाद हुनेछ । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता रमणीय र सुखद् यात्राको योग छन् । चिताएको कामले तीव्रता लिनेछ । विश्वास गरेकाले साथ दिनेछन् । धार्मिक कार्य सफल रहनेछन् । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । (अधिक जानकारीका लागि 977-9849559502)
ज्यो.प. नारायणप्रसाद दुलाल
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

