सि एफ मोटो को टेष्ट ड्राइभ तथा बुकिङ्ग शुरु
काठमाडौँ । विश्व विख्यात २ पांग्रे ब्राण्ड सि एफ मोटो तथा जियो ब्राण्डका नेपालको लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्र्तगतको ऋषि ट्रेड सेन्टरले सि एफ मोटोको एन के २५०, यस आर २५०, एन के ४५० तथा जियोको एइ ६ एल यार (डबल ब्याट्री) र सिटी स्पोर्टस मोडलहरु सार्वजनिक गरेको र सँगै ट्रेष्ट ड्राइभ तथा बुकिङ्ग खुल्ला गरेको कम्पनीले बताएको छ ।
सि एफ मोटो को उत्पादनहरुलाई उत्कृष्ट विक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, आफ्टर सेल्स सर्भिस र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने हेतुले नेपालकै प्रतिष्ठित तथा अग्रणी व्यापारिक समूह रिलायन्स ग्रुप सि एफ मोटो तथा जियो लाई नयाँ रुपमा विक्री वितरणको रणनीति सहित नयाँ आधिकारिक विक्रेताको रुपमा छनोट भएको कम्पनीको दाबी छ ।
विभिन्न उमेर समूह लक्षित सि एफ मोटाका उत्पादन र विधुतिय सवारीको बुकिङ्ग गर्न कम्पनीको नक्साल झम्सीखेल तथा सल्लाघारी स्थित आधिकारिक शोरुममा गर्न सकिने जानकारी कम्पनीले जनाएको छ ।
नयाँ आधिकारिक वितरक नियुक्त भए सगै ऋषि ट्रेड सेन्टरले सि एफ मोटो तथा जियो लाई नेपालकै अग्रणी २ पांग्रे ब्राण्ड बनाउने ध्येयले समय सापेक्षित योजना तथा उत्पादनहरु सार्वजनीक गर्ने पनि जनाएको छ । जस अन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार कार्यक्रम तथा रोड साइड सहायता सेवा लगायतका विभिन्न कार्यहरुको शुरुवात गरेको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
