लुयानको स्कुटरमा ३० हजार नगद छुट , अरु के के छन सुबिधा ?
काठमान्डौ । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयान प्रि मनसुन अफर शुरु गरेको छ । लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सँचालन गरिएको कम्पनीले बताएको छ ।
यस अफर अन्तर्गत लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद रु. ३० हजार नगद छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन भने एउटा प्रिमियम हेलमेट, एउटा रेनकोट तथा एउटा बाइक कभर समेत ग्राहकले निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरुले प्राप्त गर्नुका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइने साथै फाइनान्सको सुविधा समेत रहको कम्पनीको दाबी रहेको छ ।
यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीका सेल्स हेड शंकर शर्माले बताउनुभयो । लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ भने स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुने कम्पनीले बताएको छ ।
यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको र टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन भने लुयानका स्कुटरहरु आईपि ६७ रेटेड वाटर एण्ड डस्ट रेसिस्टेन्स भएकाले जस्तो सुकै बर्षामा पनि चलाउन मिल्ने कम्पनीको दाबी छ ।
कम्पनीका सेल्स हेड शंकर शर्माले थप प्रष्ट पार्दै भनेका छन ” लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग सिस्टम लगायत अत्याधुनिक प्रविधियुक्त फिचर, कम्पोनेन्ट तथा फंक्सनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको हामिले महसुस गरेका छौं ।” राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्राण्डका स्कुटरहरुको बिक्रिवितरण र बिक्रिपछिको सेवाको व्यवस्था कम्पनीले मिलाएको पनि बताएको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
