नेपालमा नयाँ इ भि भ्यान डोङ्गफेङ्ग,त्रिवेणी मोटोकर्पको ४ वटा भ्यान सहित शो रुम संचालनमा
काठमान्डौं । त्रिवेणी मोटोकर्प प्रा.लि.ले ललितपुरको वालकुमारीमा डोङ्गफेङ्ग इलेक्ट्रिक भेहिकल्सको लागि शो-रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोङ्गफेङ्ग अटोमोवाईल कंपनी लिमिटेड बाट आधिकारिक वितरक नियुक्त भए पश्चात कम्पनी इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो । डोङ्गफेङ्ग अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा विक्रि वितरण हुदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डोङ्गफेङ्ग इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु विक्रि वितरण सुरु गरेको छ ।
विजुली गाडीको प्रर्वधन मार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागि कार्य गर्ने उदेश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ । ११ सिट क्षमताको ई.भी. माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी रेञ्ज प्रदान गर्दछ । त्यसैगरी १४ सिट क्षमताको ई.भी. माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी. को रेञ्ज प्रदान गर्दछ । डोङ्गफेङ्गका सवै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. ब्याट्री जडित रहेका छन्। कम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रती घण्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० कि.मि. को रेञ्ज सजिलै पाईने बताएको छ ।
त्रिवेणी मोटोकर्प प्रा.लि. ले डोङ्गफेङ्ग इलेक्ट्रिक भ्यानहरु नेपालभरी विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ । सवै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ ।कम्पनीले ग्राहकहरुलाई चार्जिङ सेवा प्रदान गर्ने उदेश्यका साथ चार्जि∙ स्टेशनहरु आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको बताएको छ ।
त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स कं. प्रा.लि., ईटहरीमा ईष्टर्न मोटर्स प्रा.लि., जनकपुर तथा विरगञ्जमा नारायणी अटोकर्प प्रा.लि., पोखरामा अटोवेज प्रा.लि., धनगढीमा प्राप्ती मोटर्स प्रा.लि, नारायणघाटमा स्मार्ट अटो प्रा.लि., ललितपुरमा स्मार्ट अटो प्रा.लि., झक्तपुरमा जी.इ.भी. नेपाल प्रा.लि. मार्फत आफ्ना गाडीहरुको वजारीकरण गरिने जनाएको छ ।
त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसवाट विक्रि पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भिस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग डोङ्गफेङ्ग गाडी छनौट गर्न सक्नुहुनेछ भनी कम्पनीले बताएको छ । कम्पनीले सर्भिस सम्वन्धि व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध पनि गरेको छ ।

सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

