नेपालमा फोटन हाई रुफ १५ सिटर बिद्युतिय माइक्रो भ्यानको मूल्य सहित संर्पुण जानकारी
काठमान्डौ । पछिल्लो समयमा नेपालमा दिन प्रतिदिन विभिन्न प्रयोजनका बिद्युतिय सवारी साधन भित्रिने क्रम बढ्दो नै रहेको छ । यसै संन्दर्भमा नेपालमा विभिन्न प्रयोजनका लागी प्रयोगमा आउने बिद्युतिय सवारी साधनको आयात तथा बिक्रिवितरण गर्दै आएको फोटनको लागि आधिकारिक वितरक एम ए डब्लु वृद्विले ले व्यपारीक प्रयोजनका लागी प्रयोगमा आउने प्रख्यात फोटन हाई रुफ ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रो नेपालमा पनि बिक्रिवितरण सुरु गरि सकेको बताएको छ । चिनियाँ कम्पनी फोटनका नेपालमा ट्युनल्याण्ड पिकअप ट्रक, स्कुल भ्यान, एम्बुलेन्स, व्यावसायिक सवारीसाधन लगायतका विभिन्न सवारी साधनहरु रहेका छन् ।
जस मध्ये नेपालमा फोटनले भित्राएको इलेक्ट्रिक माइक्रो भ्यान हाइ रुफमा सीएटीएल ब्याट्री रहेको छ भने डिजेल भन्दा दोब्बर वारेन्टीको दावी गर्दै व्याट्रीमा ५ वर्ष वा ३ लाख कि.मी. वारेन्टि सहित विक्रि सुरु गरिएको उक्त बिद्युतिय माइक्रो भ्यानले कम्पनीका अनुसार एक फुल चार्जमा २ सय ३५ कि.मी. रेञ्ज दिनुका साथै उक्त भ्यानमा १ सय ६३ एम एम ग्राउण्ड किल्यरेन्स रहेको छ । उक्त भ्यानको ग्रस वोएट ३ हजार १ सय ५० के जी रहेको छ । ब्रेकको कुरा गर्नु पर्दा फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक रहेको छ ।
फोटन इलेक्ट्रिक माइक्रो भ्यान हाइ रुफमा मोटरको कुरा गर्नु पर्दा परमानेट म्याग्नेट सिंक्रोनस मोटर रहनुका साथै म्याक्सिमम पावर ८५ के.जी. रहेको छ भने म्याक्सिमम र्टक २ सय ९० एनएम पाईन्छ । यस्तै १५ सिटिंग क्यापसिटी रहेको फोटन हाई रुफ ब्राण्डको माइक्रो भ्यानमा ५०.२३ किलोवाटको ब्याट्री रहेको छ भने चार्जिगं टाइम १ घण्टा ५ मिनेट डिसि फास्ट चार्ज र ७ घण्टा ५ मिनेट एसि स्लो चार्जमा गर्न सकिने बताइएको छ । फोटन हाई रुफ ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रोको मूल्य ५६ लाख ५० हजार रहेको छ भने नजिकको डिलरमा गएर टेष्ट ड्राइभ गर्न सकिने सुबिधा सहित एक्सचेञ्ज,फाइनान्स लगायतका सेवा सुविधाको साथै कुनै पनि जिज्ञासाको सामधान प्राप्त गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको बताएको छ।
यस्तै गरेर उक्त फोटन ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रो भ्यानमा ३ हजार ५० एम एम हिवल बेस रहेको छ भने लम्बाई ५ हजार ३ सय २० एम एम, चौडाई १ हजार ६ सय ९५ एम एम र १ हजार ९ सय ९० एमएम उचाई रहेको छ । उक्त फोटन हाई रुफ ब्राण्डको १५ सिटर बिद्युतिय माइक्रो भ्यान नेपाली बजारमा उपयुक्त रहनुको साथै प्रयोगकर्ता तथा व्यवसायीहरुको सुबिधालाइ मध्यनजर गरेर लामो अध्यान अनुसन्धान पश्चात नेपालको भुगोल, वातावरण अनुसार उपयुक्त रहेको दावी सहित नेपालमा उक्त माइक्रो भ्यान भित्राएको कम्पनीले बताएको छ ।
फोटन हाई रुफ १५ सिटर बिद्युतिय माइक्रो भ्यानमा रिभर्सिङ राडार, डोर अनकोज र्वानिङ ,अनप्लक कि अलाराम डिभाइस,अल डोर सेन्टल लक स्टिम लगायतका फिचरले कर्नफट का साथै सेफ्टीको लागी पनि उपयुक्त रहेको दावी कम्पनीको रहेको छ ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह