विश्वकप क्रिकेटः प्रतियोगिताबाट बाहिरियो पाकिस्तान, अमेरिका ‘सुपर-८’ प्रवेश,
काठमाडौं । अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामै आयोजक अमेरिका समूह ए बाट भारतसँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।
अमेरिका र आयरल्यान्डबीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो । दुवै टोलीले अंक बाँडेपछि साविक उपविजेता पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आफ्नो पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तान यसपटक दोस्रो चरणमा नपुगी घर फर्किने भएको हो ।समूह ए मा भारत ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । अमेरिकाको यो नतिजा पछि ४ खेलमा ५ अंक पुगेको छ । पाकिस्तानको भने ३ खेलमा २ अंक मात्र रहेको छ ।
आफ्नो अन्तिम खेलमा जित हासिल गरेपनि पाकिस्तानले अमेरिकाको अंक संख्या पुर्याउन सक्ने छैन । यस्तै क्यानाडाको पनि ३ खेलमा २ अंक रहेको छ भने आयरल्यान्डको ३ खेलमा शून्य अंक छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

