सुतिरहेका गोलेमाथि खुकुरी प्रहार, एक जना प्रहरी नियन्त्रणमा
बारा । निजगढ नगरपालिका १२ रामथलीका ३८ वर्षीय भीमलाल गोलेमाथि खुकुरी प्रहार गरेको आशङ्कामा रौतहटको गुजरामाई नगरपालिका ४ बस्ने नन्दलाल राजवंशी भनिने मन्सुर मियाँलाई रौतहट प्रहरीले पक्राउ गरी बारा प्रहरीलाई बुझाएको छ ।
उनलाई बुधबार दिउँसो चन्द्रपुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय, निजगढमा राखी अनुसन्धान भइरहेको इप्रका, निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । मंगलबार राति घरमा सुतिरहेका गोलेमाथि खुकुरी प्रहार भएको थियो ।
निद्रामा रहेका उनीमाथि खुकुरी प्रहार हुँदा घाँटी, टाउको र हातमा गहिरो चोट लागेको थियो । त्यसपछि गोलेले चिच्याउँदै गुहार मागेपछि घटनामा संलग्न व्यक्ति भागेपछि गोलेको ज्यान जोगिएको घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयहरूले बताएका छन् । उनको हेटौंडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको निजगढ प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल र जापानबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

