टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै
काठमाडौँ । जारी टी- २० विश्वकप अन्तर्गत आज सुपर आठका दुई खेल हुदै छन् । आज पहिलो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच हुदै छ । सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।
सुपर आठमा अफगानिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको छ भने अस्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ । अफगानिस्तान र अस्ट्रेलियाबीच अहिलेसम्म एक टी -२० खेल भएको छ, जुन अस्ट्रेलियाले जितेको छ ।
त्यस्तै आज दोस्रो खेल इङल्याण्ड र अमेरिकाबीच हुदै छ । बारबाडोसस्थित केनसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ । सुपर आठमा दुवै देशको यो अन्तिम खेल हो । इङल्याण्डले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।
सेमिफाइनलमा पुग्न आज इङल्याण्डका लागि अमेरिकालाई पराजित गर्नै पर्ने र अर्को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्ने अवस्था रहेको छ । त्यस्तै वेस्ट इन्डिजले जितेमा भने रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने देशको तय हुने छ । त्यस्तै अमेरिकाले भने कम्तिमा ८० रनको अन्तरमा इङल्याण्डलाई पराजित गरेमा तथा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई कम्तिमा ६७ रन अन्तरले पराजित गरेमा मात्र सेमिफाइनलमा पुग्ने छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

