जुलाईमा यी ५ राशिका व्यक्तिले चढ्नेछन् सफलताको सिँढी, आर्थिक स्थितिमा हुनेछ गज्जबको सुधार !
एजेन्सी । जुलाई महिना ग्रह र ताराको स्थितिका हिसा बले निकै विशेष रहनेछ। ज्योतिषीहरुका अनुसार जुलाई महिनामा केहि राशिका व्यक्तिहरुलाई आर्थिक, व्यापार र करियरमा लाभ मिल्ने छ। जुलाईमा धेरै ग्रहहरूले राशि परिवर्तन गर्नेछन्।
शुक्र कर्कट राशिमा प्रवेश गर्नेछ। ग्रहहरूको राजा सूर्यले पनि कर्कट राशिमा प्रवेश गर्नेछ। मंगल, बृहस्पति र शनिको स्थिति पनि निकै महत्वपूर्ण रहनेछ । जान्नुहोस् कुन राशिका व्यक्तिलाई ग्रहको स्थितिबाट फाइदा हुन्छ-
वृष राशि –
यस अवधिमा वृष राशिका व्यक्तिहरूले आर्थिक लाभका लागि धेरै आकर्षक अवसरहरू प्राप्त गर्न सक्छन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिहरूले राम्रो समाचार पाउन सक्छन्। रोजगारीमा रहेका व्यक्तिहरूलाई नयाँ कामको लागि राम्रो प्रस्ताव आउन सक्छ। आम्दानीका नयाँ स्रोत सृजना हुनेछन्, पुराना स्रोतबाट पनि धन आर्जन हुनेछ । समग्रमा, जुलाई महिना तपाईको लागि धेरै शुभ रहनेछ।
कर्कट राशि –
कर्कट राशिका व्यक्तिहरूको जुनसुकै सपना जुलाई महिनामा पूरा हुन सक्छ। यस अवधिमा नयाँ कामको प्रस्ताव प्राप्त हुने सम्भावना छ। आत्मविश्वास बढ्नेछ। कार्यस्थलमा उच्च अधिकारीबाट सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ। रोकिएका काम पनि पूरा हुने सम्भावना छ ।
कन्या राशि –
कन्या राशिका व्यक्तिहरूले जुलाई महिनामा आफ्नो करियरमा सफलता पाउन सक्छन्। यस समयमा तपाईको भाग्य राम्रो रहनेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। भाग्यले साथ दिनेछ, जसका कारण केही कठिन कार्यमा सफलता मिल्नेछ। अदालतमा विजय सम्भव छ।
तुला राशि –
तुला राशिका लागि यो समय वरदान भन्दा कम छैन। नोकरीमा पदोन्नति र ब्यापार ब्यबसायमा लाभ मिल्नेछ । यस अवधिमा तपाईका केही सपनाहरू पूरा हुन सक्छन्। आर्थिक स्थितिमा ठूलो परिवर्तनको सम्भावना छ।
मकर राशि –
मकर राशिका व्यक्तिहरूका लागि जुलाई महिना सुखसुविधा र विलासिताले भरिपूर्ण रहनेछ। यो महिना तपाईको सुखमय जीवन बित्नेछ। खुशी बढ्नेछ। सुखको आगमन हुनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ ।
सम्बन्धित समाचार
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
पल्सरको २५ वर्ष : नेपाली राइडरलाई आफ्नै कथा सुनाएर मोटरसाइकल जित्ने सुनौलो अवसर



