Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

बुधको उदयसँगै उठ्नेछ यी राशिको सुतेको भाग्य,पाँच राशिलाई मिल्नेछ यस्तो नसोचेको प्रतिफल !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १२
बुधको उदयसँगै उठ्नेछ यी राशिको सुतेको भाग्य,पाँच राशिलाई मिल्नेछ यस्तो नसोचेको प्रतिफल !

एजेन्सी । बुध ग्रह १४ जुनमा आफ्नै घर मिथुनमा आइपुगेको थियो, तर त्यो समयमा यो अस्त अवस्थामा थियो। अब जुन २७ बाट बुध उदाउँदैछ । बुध ग्रहलाई व्यापार, वाणी र बुद्धिको दाता मानिन्छ, त्यसैले बुध ग्रह लाग्ने वित्तिकै सबै राशिका मानिसहरूलाई प्रभाव पार्छ तर केही राशिका व्यक्तिहरूलाई विशेष लाभ मिल्छ। जान्नुहोस् ती राशिहरु जसमा उदाउँदो बुधको कृपा बर्षा हुन्छ ।

मिथुन राशि- आफ्नै राशिमा वृद्धि हुने भएकाले मिथुन राशिका व्यक्तिले सोचेका योजना सफल हुनेछन्। करियरमा सन्तुष्टिको अनुभूति हुनेछ र लोकप्रियता प्राप्त हुनेछ। पदोन्नतिसँगै तलब वृद्धिको लाभ मिल्नेछ। आर्थिक पक्षमा स्थिति ठीक रहनेछ र भविष्यका लागि बचत गर्न पनि सकिनेछ। वैवाहिक जीवनमा आफ्नो कल्पना अनुसारको वातावरण प्राप्त हुनेछ। अविवाहित पुरुष तथा युवतीका लागि पनि विवाहको प्रस्ताव आउन सक्छ। स्वास्थ्यका दृष्टिले केही कमजोर अवस्था रह्यो भने अब सुधार आउने देखिन्छ ।

सिंह राशि- कर्मको घरमा बुधको उदय हुनाले यस राशिका व्यक्तिहरूले काम र व्यापार दुवै क्षेत्रमा राम्रो सफलता प्राप्त गर्नेछन्। आत्मविश्वास बढ्नेछ। करियरको हिसाबले नयाँ जागिरको अफर आउन सक्छ र जागिर खोज्नेलाई बढुवासँगै मनपर्ने ठाउँमा पदोन्नतिको आदेश पनि आउन सक्छ। उच्च अधिकारीबाट सहयोग मिल्नेछ । व्यवसायमा बुद्धिमानीपूर्वक काम गर्नेहरूले राम्रो आम्दानी गर्ने सम्भावना छ। स्वास्थ्यमा सुधार आउनेछ ।

कन्या राशि- कन्या राशिको स्वामी बुध ग्रह भएकाले कन्या राशिका व्यक्तिहरुलाई विशेष लाभ मिल्नेछ । जागिरमा बढुवाको सम्भावना छ भने पदोन्नतिसँगै पारिश्रमिक पनि बढ्नेछ । बेरोजगार भएर जागिरको खोजीमा रहेका युवाहरूले आफ्नो खोजलाई तीव्रता दिनुपर्छ, उनीहरूले जागिर पाउन सक्छन् । व्यापार व्यवसायमा प्रगति हुने र नयाँ लगानीको अवसर मिल्नेछ । परिवारमा पनि कुनै शुभ कार्य हुनसक्छ ।

तुला राशि- तुला राशिका व्यक्तिहरुलाई पनि बुधको उदयको लाभ मिल्ने छ । आफ्नो जागिर परिवर्तन गर्न चाहने र राम्रो अवसर प्राप्त भइरहेकाहरूले यसको फाइदा लिन सक्छन्। व्यावसायी वर्गको व्यावसायमा रुचि रहनेछ र प्राप्त हुने नाफामा सन्तुष्ट रहनेछ । उच्च शिक्षामा जाने विद्यार्थीले सफलता हात पर्नेछ ।

कुम्भ राशि- बुधको उदय कुम्भ राशिका लागि विशेष लाभदायी रहनेछ। लामो समयदेखि जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने नयाँ र राम्रा अवसरहरू प्राप्त हुन सक्छन्। सन्तानको सम्बन्धमा केही शुभ समाचार सुन्न सकिनेछ । जीवनसाथीबाट राम्रो सहयोग मिल्नुका साथै आर्थिक लाभ पनि मिल्नेछ।

Top Changing Nepal

युट्युब सट्स