अटोमोटिभ इनोभेसनमा विश्वकैअग्रणी सोकोन ईसी थर्टी सि क्स भ्यान अब नेपालमा
काठमाडौं । सोकोन ईसी ३६ यात्रु भ्यानको नेपाली बजारमा सार्वजनिक भएको छ ।मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमएडब्लु कमर्सियल भेहिकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र महानायक राजेश हमालले संयुक्तरूपमा सोकोन ईसी ३६ का पहिलो ४१ जना खरीदकर्तालाई गाडीको चाबी हस्तान्तरण गरे । भ्यानको मूल्य रू। ४५ लाख ५० हजार छ ।ईसी ३६–१ ९११ सिटे० ईभी यात्रु भ्यान हो, जसले ३०० किलोमिटरको रेन्ज प्रदान गर्दछ । यसमा ६० किलोवाटको इलेक्ट्रिक मोटरले २०० एनएम टर्क उत्पन्न गर्छ । यसमा जडान गरिएको ४२ केडब्लूएचसी एटीएल ब्याट्री छ ।
भ्यानमा प्रयोग गर्न अति सजिलो टचस्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । एमएडब्ल्युु ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णुकुमार अगरवालले गुणस्तरीय अटोमोबाइल मात्र नभई सर्भिस र स्पेयर पार्ट्सलाई पनि प्राथमिकता दिएको र ग्राहकहरूको आवश्यकतालाई प्राथमिकता दिँदै उनीहरुको भरोसा जित्ने कुरामा विश्वस्त भएको बताए । उनले सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टी सिक्स लन्च गर्न पाउँदा गर्व लागेको बताउदै यो सफल हुने र ग्राहकहरुको आवश्यकताहरुलाई यसले पूरा गर्ने बताए ।
एमएडब्ल्यु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले सोकोन ईसी थर्टी सिक्सका ४१ भ्यानहरू प्रस्तुत भएको सो ऐतिहासिक क्षणको साक्षी बन्न पाउँदा हर्षित भएको बतादै एमएडब्ल्यु वृद्धि उच्चस्तरीय सेवा, गुणस्तरीय स्पेयर पार्ट्स र ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राख्ने आफ्नो प्राथमिकतामा सधैं अटल भएको बताए ।

सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

