Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

जिल्ला अदालत सर्लाहीको फैसला- ‘रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति सजाय ’

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, असार, १९
जिल्ला अदालत सर्लाहीको फैसला- ‘रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति सजाय ’

सर्लाही । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने जिल्ला अदालत सर्लाहीले फैसला गरेको छ ।

न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको हो । यसअघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो ।

अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्षसम्म कैद सजाय एवम् पीडित परिवारलाई क्षतिपूर्ति समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।

Top Changing Nepal

युट्युब सट्स