२०८१ असार २० गते विहिबार कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष–
आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ ।
वृष–
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बैदेशिक कार्यमा असफलभै दुख्ख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला ।
मिथुन–
तपाइको बुद्धिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ, आज कसैबाट समर्थन एवम धन पाइने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ ।
कर्कट–
धनको लाभ अर्थात रुपैया पैैसा कमाइने दिन छ, पुराना साथीसंगको भेटघाटले मन रमाउने छ ।आज तपाइलाइ अनौठो तरिकाबाट धनलाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति पनि मिल्ला ।धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ ।
सिंह–
अनौठो तरिकाबाट रुपैयापैसा कमाइने छ, आज रमाइलो यात्राको योग पनि रहेको छ, ।हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ ।
कन्या–
आज तपाइलाइ सामान्य रोगले सताउला सावधान रहनु होला साथै भौतिक सरसामनको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ, भौतिक साधनको पनि क्षति हुने दिन छ होस पुर्याउनु होला ।दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ, शरिरमा रोगले पनि सताउने दिन छ ।
तुला–
बन्देैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ ।नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ, सोचे अनुसार काम सम्पन्न भने हुदैन ।मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला ।
वृश्चिक–
आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ ।
धनु–
काम गर्न जागर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ ।आज तपाइलाइ काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन ।
मकर–
विचार बढने समयमा निर्णय नहुदा काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ । हातहतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसंग सामान्य मनमुटाव पर्ने देखिन्छ ।
कुम्भ–
धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ ।
मीन–
परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ, कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढनुको साथैअधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ, पढाइमा भने मन नजाला ।
ज्यो.प. – तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

