जुलाईमा बन्दैछ दुई राजयोग, अचानक यी व्यक्तीहरुको चम्किनेछ भाग्य !
एजेन्सी । जुलाई महिना सुरु भएको छ र यो महिना ग्रह र नक्षत्रको दृष्टिकोणले निकै विशेष रहने छ । यस महिनामा रथयात्रा, गुप्त नवरात्रि र भगवान भोलेनाथको सबैभन्दा प्रिय साउन सोमबारको व्रत पनि मनाइन्छ । यो महिनामा धेरै ठूला ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्ने भएकाले धेरै शुभ योगहरु पनि बन्न लागेका छन् ।
ज्योतिषका अनुसार जुलाईमा बुध–शुक्र कर्कट राशिमा प्रवेश गर्नेछ । साथै, सूर्य कर्कट राशिमा पनि गोचर हुँदैछ । जसका कारण एउटै राशिमा लक्ष्मी नारायण योग र बुद्ध आदित्य योग बन्न लागेको छ । जुन राशिका लागि निकै शुभ योग मानिन्छ । जुन राशिमा सकारात्मक दृष्टि परेमा त्यस राशिका मानिसको आर्थिक अवस्था सुध्रिन्छ र धनको वर्षा हुने सम्भावना रहन्छ । कर्कट राशिमा लक्ष्मी नारायण योग र बुद्ध आदित्य योग बन्ने भएकाले कर्कट, तुला र वृश्चिक तीन राशिको भाग्य परिवर्तन हुँदैछ ।
कर्कट राशिका लागि दुई वटा शुभ योग बन्ने भएकाले कर्कट राशि हुनेहरुको भाग्य बदलिनेछ । आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ । नयाँ कामको थालनी गर्नको लागि यो सबैभन्दा शुभ दिन रहनेछ । व्यापार व्यवसायमा पनि आर्थिक लाभ हुने सम्भावना छ । नवविवाहित जोडीको सन्तान हुने सम्भावना छ । परिवारमा खुसीको वातावरण रहनेछ ।
तुला राशि भएका व्यक्तिहरुको समय खराब थियो तर लक्ष्मी नारायण योग बन्ने वित्तिकै आर्थिक स्थितिमा परिवर्तन आउनेछ । पुरानो धन फिर्ता हुने सम्भावना छ । रोजगारीमा रहेका व्यक्तिको पदोन्नति र तलब वृद्धिको सम्भावना पनि छ । अदालती मुद्दाहरूमा निर्णय तपाईको पक्षमा हुनेछ । आध्यात्मिक कार्यमा रुचि बढ्नेछ ।
वृश्चिक राशिका लागि लक्ष्मीनारायण योग र बुद्धादित्य योगको प्रभाव निकै सकारात्मक रहनेछ । भाग्यले साथ दिने भएकाले हरेक काममा सफलता मिल्नेछ । पेशा व्यवसाय बढ्नेछ । आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ । बैंक ब्यालेन्स पनि बढ्दै गएको छ । घरमा शुभ कार्य सम्पन्न गर्न सकिनेछ । स्वास्थ्य पनि राम्रो रहनेछ ।
सम्बन्धित समाचार
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी



