महिन्द्राको अल इलेक्ट्रिक एक्सयूभी ४०० सार्वजनिक, बुकिङ सुरू
काठमाडौँ । काठमाडौंमा सोमबार सार्वजनिक गरिएसँगै बूकिङ पनि खुला गरिएको छ। यो नेपालका लागि महिन्द्राको पहिलो विद्युतीय कारका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ। यसमा स्ट्यान्ड आउट एक्सयूभी(४०० ईएल(प्रो भेरियन्ट र ३९।४ किलोवाटको ब्याट्री छ। नेपाली बजारका लागि यो विशेष संस्करण भएको कम्पनीको दाबी छ ।
नेपालमा महिन्द्रा एक्सयूभी(४०० प्रस्तुत गर्न पाउँदा खुशी लागेको महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका इन्टरन्याशनल अपरेशन हेड सचिन अरोलकरले बताए। द्रुत गति, विस्तारित दायरा र बलियो सुरक्षा सुविधा भएको यो कारले नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्ने उनको भनाइ छ ।
यसलाई नेपाली बजारमा ल्याएको अग्नि ग्रूपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले यो डिजाइन, स्पेश र प्रविधिका हिसाबले आकर्षक रहेको बताए। “यसले नेपाली उपभोक्तालाई विद्युतीय सेवा लिन उत्साहित र प्रेरित गर्नेछ,” श्रेष्ठले भने । बूकिङ खुला गरिएको एक्सयूभी(४०० को ब्याट्री र मोटरमा तीन वर्षको वारेन्टी छ। यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ तोकिएको छ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

