जंगली च्याउ खाएका ससुरा बुहारीको स्वास्थ्य गम्भीर
दाङ । दाङमा जंगलबाट ल्याएको च्याउ खाँदा ससुरा, बुहारी गम्भीर बिरामी परेका छन् । जंगली च्याउ खाँदा शान्तिनगर गाउँपालिका २ अमुवाका २६ वर्षीया मिना न्यौंपाने र उनका ससुरा ४५ वर्षीय ज्ञानु जैसी न्यौंपाने गम्भीर बिरामी परेका छन् ।
उनीहरुले शुक्रबार बेलुका पौने ६ बजेतिर स्थानीय जंगलबाट खोजेर घरमा ल्याएको च्याउ खाएपछि गम्भीर बिरामी परेका हुन् । ससुरा बुहारीलाई शुक्रबार बेलुका नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई तुलसीपुरकै राप्ती लाइभ कियर हस्पिटलमा राखेर उपचार भइरहेको छ । शनिबार बिहानसम्म बुहारीको होस खुलेपनि अझैं ससुराको अवस्था अचेत नै रहेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले प्रहरी प्रशासनले सार्वजनिक रुपमै आफूले नचिनेको र जंगलबाट ल्याएको च्याउ नखान आग्रह गर्दै आएको भएपनि त्यसको बेवास्ता गर्दा समस्या भइरहेको बताए ।
सम्बन्धित समाचार
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल

