Jankari Kendra
१२ श्रावण २०८३, मंगलवार
Worldlink

टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, १२
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ । अफर अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरु सञ्चालनमा ल्याएको छ भने पहिले देखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजहरुलाई निरन्तरता दिएको छ ।

कम्पनीका अनुसार, पोस्टपेड ग्राहकलाई लक्षित गरी ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९ प्याक’ उपलब्ध हुनेछ । ३७३ रुपैयाँमा ३० दिन समयावधि भएको प्याक अन्तर्गत ६ जीबी डाटा चलाउन, ४०० मिनेट अल–नेट भ्वाइस कल गर्न र ५० वटा अल–नेट एसएमएस पठाउन सकिने छ भने ४९९ रुपैयाँमा १० जीबी डाटा चलाउन, ५०० मिनेट अल–नेट भ्वाइस कल गर्न र १०० वटा अल–नेट एसएमएस पठाउन सकिने छ ।

पोस्टपेड मोबाइलका लागि लोकप्रिय सजिलो अनलिमिटेड प्याक अन्तर्गत थप सुविधा सहित ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा र २०० एसएमएस उपलब्ध रहनुका साथै त्यसैगरी ७९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, दैनिक १० जीबीका दरले ३०० जीबी डाटा र २५० एसएमएस उपलब्ध हुनेछ भने ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा र ३०० एसएमएस उपलब्ध हुनेछ ।

त्यसैगरी, अलि बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि १,४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५०० जीबी डाटा र ३५० एसएमएस तथा १,९९९ रुपैयाँमा उपलब्ध हुने एक्जिक्युटिभ प्याक अन्तर्गत अनलिमिटेड भ्वाइस, अनलिमिटेड डाटा र ५०० एसएमएस सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

प्रिपेड ग्राहकको हकमा डाटा प्याकतर्फ थप प्याकको रुपमा ९९ रुपैयाँमा १ दिन समयावधिको ८ जीबी डाटा प्याक र १९९ रुपैयाँमा ७ दिन समयावधि भएको २० जीबी डाटा प्याक उपलब्ध गराइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई थप आकर्षक बनाइएको छ ।

यस अनुसार ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस कल, दैनिक १५ जीबीका दरले मासिक ४५० जीबी डाटा र ३०० अल–नेट एसएमएस प्राप्त हुनेछ भने १,४९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस कल, मासिक ५०० जीबी डाटा र ३५० अल–नेट एसएमएसको सुविधा उपलब्ध हुनेछ । धेरै डाटा प्रयोगकर्ताका लागि यो प्याक फाइदाजनक हुने कम्पनीले जनाएको छ ।

स्वतस् नवीकरण हुने सब्स्क्रिप्सन प्याकेज अन्तर्गत नमस्ते रिकरिङ २९९, ४९९ र ७९९ प्याक उपलब्ध भएकोमा अब नमस्ते रिकरिङ ६९९ प्याक समेत उपलब्ध हुनेछ । त्यसैगरी, कर्पोरेट युजर ग्रुपका लागि उपलब्ध सीयूजी प्याकेजमा समेत नयाँ आकर्षक प्याकहरु बनाइएको टेलिकमले जनाएको छ ।

साथै, हाल सञ्चालनमा रहेको नमस्ते क्रेडिट (सापटी) सेवामा परिमार्जन गरिएको छ । हाल प्रदान गरिँदै आएको सापटी सुविधालाई यही साउन १५ गतेदेखि लागु हुने गरी ३० रुपैयाँ बनाइएको छ । उक्त सापटी रकमबाट ३० रुपैयाँ वा सो भन्दा कम मूल्यका कुनै पनि डाटा, भ्वाइस वा एसएमएस प्याकेजहरू सजिलै खरिद गर्न सकिनेछ । यो सेवा प्रिपेड ग्राहकहरुले मोवाइलबाट ८१४७७३ डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोग गरी लिन सकिने टेलिकमको भनाइ छ ।

यी वाहेक नेपाल टेलिकमका भ्वाइस र डाटा सम्बन्धी अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन् । त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् ।

Top Changing Nepal

युट्युब सट्स