जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ
जानकारी केन्द्र
२०८१, असार, ३२
तनहुँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।
यसैगरी, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवघाट गाउँपालिका-३ गोन्द्राङ बस्ने ६५ वर्षीय झाम्टे थापालाई गएराति प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई सोही ठाउँस्थित मकै बारीमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल

