गोरखामा पहिरो खस्दा एकै परिवारका तीनसहित पाँचजना बेपत्ता
काठमाडौँ । गोरखाको उत्तरी गाउँपालिका धार्चेको रेसेफाँटमा पहिरो खस्दा एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् । बिहान तीन बजेतिर स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एउटा घर पहिरोले बगाएको हो ।
पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती ३५ वर्षिया कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
एकै घरपरिवारका तीन जना र बाँकी दुई जना फर्ममा काम गर्ने व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी कार्य भइरहको छ । पहिरोमा पुरिएका अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्दार गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङलाई घाइते अवस्थामा उद्दार गरिएको हो । उनीहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको श्रेष्ठले बताए ।
उद्दारका लागि थप सुरक्षाटोलि घटनास्थलतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

