Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

काभा वुमन्स नेसन्स भलिबलमा आज नेपालको सामना माल्दिभ्ससँग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, २१
काभा वुमन्स नेसन्स भलिबलमा आज नेपालको सामना माल्दिभ्ससँग

काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज माल्दिभ्ससँग खेल्दै छ छ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५: १५ बजेदेखि शुरु हुने छ ।

नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ । त्यस्तै माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ।

त्यस्तै आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुदै छ । प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्ने छ ।

Top Changing Nepal

युट्युब सट्स