२०८१ भाद्र २९ देखि असोज ०४ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कूटनीतिक नियोग र वैदेशिक कार्यबाट प्रशंसा मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २, ७ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता महत्त्वपूर्ण कामको योजना बन्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । यो साताका लागि शुभ अङ्क ४, ८ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता मध्यम छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला साथै नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभ अङ्क १, ३ र शुभ रङ्ग सुन्तला वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो हप्ता धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शुभ कार्यको चर्चा चल्नेछ । सामाजिक उपकारको काममा सहभागी भइएला । कूटनीतिक नियोगको सहयोग मिल्ला । यो साताका लागि शुभ अङ्क २, ८ शुभ रङ्ग सेतो वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । मध्य सातामा प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । यो साताका लागि शुभ अङ्क ५, ९ र शुभ रङ्ग गुलाबी वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा मिश्रित फल मिल्नेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनसक्छ, तर बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो हप्ता सफल यात्राको योग छ, तर स्वास्थ्य प्रति भने सजगता अपनाउनु पर्नेछ । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १, ८ र शुभ रङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग सुन्तला वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट निस्कनु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । महिला मित्रबाट राम्रो आश्वासन मिल्नेछ । साताको अन्त्यमा नाक तथा घाँटीमा समस्या आउन सक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग खैरो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता मनमा उत्साह र उमङ्गको कमी देखिनसक्छ । सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । साताको अन्त्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका अधुरा र पुराना काम बन्नेछ । यो साताका लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो हप्तामा नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । साथीभाइहरूले राम्रै सहयोग जुटाउनेछन् । शेयर बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ५, ६ र शुभ रङ्ग घ्यू रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु अघि महामृत्युञ्जय भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)
– ज्यो.प. नारायणप्रसाद दुलाल
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

