• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • ८ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १० घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • ११ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १२ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १२ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

  • २. २०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • ४. किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

  • ५. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, सर्वसाधारणका लागि कति ?

  • ७. नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध

  • ८. २०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • १०. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

२०८१ साल असोज महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, आश्विन, १

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आश्विन महिनामा नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका र चिताएको कामले तीव्रता लिने र रोकिएका अधुरा कामहरू पुनस् प्रारम्भ हुने छ । महिनाको अन्त्यमा भने त्यति राम्रो देखिँदैन, अध्ययनमा त्यति ध्यान दिन नसकिएला । यात्रामा मालसामान हराउन पनि सक्छ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिनामा सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । मध्य महिनामा कार्य सम्पादनमा केही समस्या आउनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिनामा आफूले गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शेयर बजारमा नोक्सानी र अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । १५ गतेबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ र शुभ कार्यको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आश्विन महिनामा कर्कट राशिको लागि सकारात्मक महिना रहेको छ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ र शुभकार्यको योग पनि छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आश्विन महिनामा धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि राम्रो सफलता हात पर्ने देखिन्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आकस्मिक धनसमेत हात पर्न सक्छ । सामाजिक कार्यक्रममा विशेष रुचि रहनेछ । शेयर बजारको कारोबार पनि राम्रै रहने देखिन्छ । महिनाको उत्तरार्धमा स्वास्थ्य र कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आश्विन महिनामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । बोलीको विपरीत अर्थ लाग्न पनि सक्छ । २१ गतेबाट अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ । सफल यात्राको योग रहनेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । राज्यका ठूला व्यक्तिले तपाइको मेहनतको कदर गर्नेछन् । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग खैरो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिनामा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । राजनैतिक र समाजसेवातर्फ आकर्षित भइनेछ । कुनै कुराले मन प्रसन्न र मनमा शान्ति छाउला । बुद्धिको प्रयोग गरेर मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । वाहन लाभ हुने समय पनि आएको छ । २४ गतेबाट स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णको दर्शन गरि गरेको कार्यबाट अधिक लाभ र सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिनामा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन्छ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ने र पुरा हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति योग छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ, तर स्वास्थ्यमा धन खर्च बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशिको लागि आश्विन महिनामा धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ घर ,जग्गा खरिद तथा बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो आश्विन महिनामा नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कामको हेलचेक्र्याइँको कारणले उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । आधा महिना पछि स्थानान्तरण र सपफल यात्राको सम्भावना छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग घ्यू रङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशिको लागि आश्विन महिनामा शेयर बजार र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको योग पनि छ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर फेला पर्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । रोकिएका अधुरा कामहरू पुनस् प्रारम्भ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (अधिक जानकारीको लागि 977-9849559502)

– ज्यो.प. नारायणप्रसाद दुलाल

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.