पारस बने दिपल इभीका ब्रान्ड एम्बेसेडर
काठमाडौं,चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व कप्तान पारस खड्कालाई दिपल इभीको आधिकारिक ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिव समेत रहेका खड्कालाई दिपल इभीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको हो । कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल इभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताउनु भयो । ‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उहाँले भन्नु भयो, ‘इनोभेसन र टेक्नोलोजीमार्फत् इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।
’त्यसैगरी, पारसलाई दिपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताउनु भयो ।
केही महिनाअघि सार्वजनिक भएको दिपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस०७ डेलिभर गरिसकेको छ । यो फ्यचरिस्टिक इभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिंग मोड लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरले भरिएको दिपलले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न सफल छ ।

सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २२ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

