हवाई भाडा कम भएन, झुटो देखियो मन्त्रीको दाबी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडाकम गरेको दाबि गरेपनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ । मन्त्री पाण्डेको सचिवालयले मन्त्री पाण्डेको विशेष पहलमा हवाई कम गरेको दाबि गरेको छ । पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत भएका दाबि गरिएको छ ।
तर वास्तवमा भने हवाई भाडामा कुनै कमी आएको देखिएको छैन । कुनै पनि हवाई कम्पनिको आगामी शुक्रबारसम्मका लागि कुनै टिकट नै उपलब्ध रहेको छैन । शनिबारका लागि बुद्ध एयरले काठमाडौँदेखि भैरहवाको भाडा रु. ७२१६.१८ देखि ८१८४.५९ सम्म देखाएको छ । त्यस्तै इसेवामा बुद्ध एयरको ८५६४ रहेको छ भने श्री एयरको ८५ सय भाडा रहेको छ ।
यस अघि सामान्य अवस्थामा यो रुटमा सबै एयर लाइन्सले ५२ सयमा टिकट बेचिरहेका थिए । हवाई कम्पनिले अहिले सरकारले तोकेको अधिकतम मुल्यमा टिकट नबेच्ने घोषणा गरेपनि, मन्त्रीले भाडा घटाएको दाबी गरेपनि यात्रुले सामान्य अवस्था भैरहवाको रुटमा भन्दा २ देखि ४ हजार बढी भाडा तिरिरहेको पाइएको छ ।
अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिंकाश सडक सञ्जाल र राजमार्गहरु अवरोध भएको तथा दशैंको मौका छोपेर हवाई कम्पनीहरुले यात्रुलाई झन मार पारिरहेको स्पष्ट हुदा पनि मन्त्री पाण्डेले हवाई भाडा कम गरेको दाबि गर्न छोडेका छैनन् ।
अहिले यात्रुले टिकट पाइरहेका छैनन् र पाएको टिकट पनि अन्य समयमा भन्दा ४ हजारसम्म बढी तिरेको स्पष्ट देखिएको छ ।

सम्बन्धित समाचार
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
