• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • ७ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • ९ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • ९ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ११ घण्टा 

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ३. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ४. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ५. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ६. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

  • ७. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ८. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • ९. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • १०. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

२०८१ साल मंसिर महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, मंसिर, १

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूलाई महिनाको प्रारम्भ लाभदायी रहनेछ साथै सोचेका कामहरू पुरा हुनेछन् । क्रोध र वाणीमा संयमता राख्नाले मनचाहा फलको प्राप्ति हुनेछ। नौकरी, व्यवसाय र पुरानो काममा मित्रहरूको सहयोग मिल्नेछ। महिनाको मध्यमा खर्च बढ्ने छ। मन अशान्त रहने छ साथै प्रतियोगी विद्यार्थीहरूलाई इन्टरभ्युमा सफलता मिल्ने योग पनि रहेको छ । अनियमित दिनचर्या वा खानपानले गर्दाखेरि स्वास्थ्य सम्बन्धी समस्या हुन सक्नेछ। प्रेम-सम्बन्धमा सोच-विचार गरेर निर्णय लिनुहोस्। दाम्पत्य जीवनमा जीवनसाथीको कुरालाई मान दिनुहोस्।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरुका लागि यो महिनाको प्रारम्भमा आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्दछ । साथै, सन्तान पक्षबाट पनि मन अशान्त रहनेछ। नौकरी वा पेशामा कामको अतिरिक्त जिम्मेवारी मिल्नेछ । करियर, व्यापार वा निजी कारणले गर्दाखेरि लामो तथा सानो दूरीको यात्रा गर्नुपर्ला। महिनाको मध्यमा विदेशमा कारोबार हुने तथा विदेशमा आफ्नो करियर बनाउने प्रयास गरिरहनुभएको थियो भने समय राम्रो रहनेछ साथै पैसाको लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ। महिनाको उत्तरार्धमा भुमि,भवन,जग्गा,जमिन आदिको क्रय विक्रय गर्दाखेरि कागजी कारबाहीमा विशेष ध्यान दिनुहोला । मेडिकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ। साथै, प्रेम सम्बन्धलाई विवाहमा बन्धनमा बाधिन चाहनुहुन्छ भनेदेखि समय अनुकूल रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिहुनेहरुका लागि यो महिना सामान्य रहनेछ । धनलाई सोचविचार गरी खर्च गर्नुहोला । यो सप्ताह गरिएका वाचाहरू भविष्यमा निभाउन गाह्रो पर्न सक्ने हुनाले विचार पुर्याएर मात्र वाचा गर्नुहोला। सरकारी कार्यक्षेत्रमा हुनुहुन्छ भने गुप्त शत्रुदेखी सावधान रहनुहोस । आफ्नो कुनैपनि योजना पूरा हुनुभन्दा पहिला कसैसित सेयर नगर्नुहोस्। महिनाको मध्यमा परिवारको कुनै सदस्यलाई लिएर चिन्ता रहनेछ । वाहन चलाउँदा सावधान रहनुहोला। महिनाको उत्तरार्धमा नयाँ नौकरी खोज्दै हुनुहुन्छ भनेदेखि सफलता मिल्नेछ । गृहस्थ जीवनमा भागदौड धेरै रहनेछ ! व्यापारमा ऋण दीनबाट बच्नुहोस्।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिहुनेहरुलाई यो महिना श्रेष्ठ रहनेछ। व्यवसायमा सोचेजस्तो सफलता मिल्नेछ, आय श्रोतहरू पनि बढ्नेछ तर आयको तुलनामा खर्च अधिक रहनेछ। महिनाको मध्यमा करियर वा कारोबारलाई लिएर लामो दूरीको यात्रा गर्नुपर्ला। राजनीतिमा जोडिएका व्यक्तिहरूलाई यो समय सफल रहनेछ। महिनाको उत्तरार्धमा नौकरी वा पेशामा मानसम्मान पाउनुका साथै कार्यक्षेत्रमा सीनियर वा जुनियर दुवैको सहयोग मिल्नेछ। अविवाहित हुनुहुन्छ भनेदेखि विवाह हुने सम्भावना छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुने जातकहरूलाई यो महिनाले शुभ र सफल योग लिएर आएको छ। महिनाको प्रारम्भमा गरेका यात्राहरू अत्यन्त सफल हुनेछन्। सोचेका कार्यहरू पूरा हुनेछन् । भित्री रुपमा एकदमै आनन्द र उत्साहित रहनु हुने छ । महिनाको दोस्रो सप्ताहमा कुनै विशेष प्रभावशाली व्यक्तिसँग हजुरको सम्पर्क हुनसक्छ र त्यहाँबाट अधुरा कार्यको सिद्धि हुन सक्छ। यस महिनाको बीचमा आएर जग्गा,जमिन लगायतका कार्य सफल हुन सक्छ । महिनाको तेस्रो हप्तामा कुनै प्रतियोगिता या परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने त्यहाँ सफल हुने योगहरु बनेका छन्। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको देखिन्छ । यो महिना तपाईंको प्रेम सम्बन्धको लागि एकदमै राम्रो रहेको देखिन्छ। दाम्पत्य जीवन सुखी रहनेछ भने मौसमी बिमारीले हजुरलाई समस्यामा पार्न सक्छ। यो महिना सावधान रहनु होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि मङ्सिर महिना सन्तोषजनक रहेको छ । महिनाको प्रारम्भमा आवश्यकताभन्दा बढी यहाँले मेहनत गर्नुपर्ने रहेको देखिन्छ। कुनैपनि कार्य गर्दै हुनुहुन्छ भने अत्यन्त सावधानीपूर्वक गर्नुपर्ने अवस्था रहेको छ। निजी जीवनमा घरेलु समस्या या क्लेशको वातावरण सृजना हुने सम्भावना रहेको छ ्र तर, आफन्तजनहरूको सहयोगबाट सबै समस्याको समाधान हुनेछ। धार्मिक क्रियाकलापमा उपस्थिति देखिनेछ। व्यापारमा विशेष लाभका स्थितिहरू रहेका छन्। प्रेमको दृष्टिकोणबाट हेर्दाखेरि यो महिना हजुरको लागि शुभ रहेको छ। महिनाको अन्त्यमा कुनै विशेष व्यक्तिबाट उपहार पाउन सक्नुहुन्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि मङ्सिर महिनाका प्रारम्भिक दिनमा आर्थिक समस्या आउने सम्भावना देखिएको छ। आफ्नो कार्य अरुमाथि छोड्नुभयो भने अवश्य पनि ठूलो समस्यामा पर्न सक्नुहुन्छ। मङ्सिर महिनाको दोस्रो सातामा तपाईंले आफ्नो स्वास्थ्यलाई लिएर विशेष ख्याल राख्नुपर्छ। मौसमी बिमारीले तपाईंलाई समात्न सक्छ । यदि विदेशको लागि तपाईंले प्रयास गरिरहनु भएको छ भने सफलताका योगहरु रहेका छन्। प्रेम सम्बन्धमा हल्का केही समस्याहरु आएमा आफ्नो साथीसँग बसेर समाधान गर्नुहोस्। दाम्पत्य जीवनमा जीवनसाथीको स्वास्थ्य सम्बन्धी समस्या रहन सक्छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुने जातकलाई यस महिना विशेषगरी मानसिक समस्या पर्न सक्छ । व्यापार व्यवसाय गर्नुहुने मानिसहरूले अलि उतार-चढाव भोग्न सक्नु हुन्छ। आवश्यकता भन्दा बाहेकका सामानहरू किनमेल गर्नु तपाईंको लागि अलि हानिकारक छ। तपाईंमाथि कुनै प्रकारको आरोप वा प्रत्यारोप पनि लाग्न सक्छ। त्यसर्थ कुनै पनि कार्य गर्दै हुनुहुन्छ भने अनुकुल मिलाएर गर्नुहोस्। सानोसानो कुरामा समय बर्बाद नपार्नुहोस्। दाम्पत्य जीवनमा राम्रा योगहरू बनेका छन् भने प्रेम सम्बन्धमा चाहिँ केही समस्याहरू रहेका छन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुने जातकलाई विशेषगरी यो महिना अलिकति तनावमय वातावरण लिएर आउन सक्छ। त्यसर्थ कुनै पनि अवसरबाट नचुक्नुहोस् ्र कुनैपनि काम गर्दै हुनुहुन्छ भने अत्यन्त सावधानीपूर्वक आफ्ना कदम चाल्नुहोस्। आफ्नो दिनचर्या र खानपिनलाई पनि हजुरले सकेसम्म शुद्ध राख्नुहोस्। गुप्त शत्रुहरूले तपाईंलाई सताउन सक्छन् त्यसैले आफ्ना गोप्य कुराहरू कसैलाई पनि नसुनाउनुहोला। महिनाको मध्यममा ऋण, रोग र शत्रुबाट जोगिनुपर्छ। तर यस महिनामा हजुरको कुनै फसेको धन छ भने त्यो प्राप्त हुने सम्भावना देखिएको छ । प्रेम सम्बन्धमा कुनै पनि प्रकारको निर्णय लिनु भन्दा अघि धेरै सोचेर अगाडि बढ्नुपर्ने हुन्छ। तेस्रो व्यक्तिले आएर तपाईंको प्रेम सम्बन्धमा समस्या पार्न सक्छ। दाम्पत्य जीवन श्रेष्ठ रहेको देखिएको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुने जातकहरूलाई यो महिना सामान्य रहन सक्छ। कानुनी कुनै मुद्दामामला खेपिरहनु भएको थियो भने सुखद समाचारका योगहरू बनेका छन्। परिश्रम अनुसारको फल प्राप्तिको योग बन्छ। नोकरी पेशामा हुनुहुन्छ भने आयको स्रोतमा सुधार हुनेछ। महिनाको अन्तिम सातामा स्वास्थ्य सम्बन्धी समस्या हुन सक्छ। सन्तान पक्षबाट केही समस्याहरू आउने सम्भावनाहरु रहेका छन्। कुनै सहयोगीजनहरूको माध्यमबाट हजुरका कार्यहरू अगाडि बढ्नेछन् ्र प्रेम सम्बन्धमा भने अलि सावधानी अपनाउनुहोला। दाम्पत्य जीवनमा सुखमय वातावरण सृजना हुनेछ । भगवान विष्णुको आराधना गर्दा मनोकामना पूरा हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुने हरुकालागि यो महिनाको प्रारम्भमा केही समस्याको सामना गर्नुपर्ने हुन्छ । विद्यार्थी वर्गमा पर्नुहुन्छ भने पढाइमा मन नलाग्ने स्थिति र स्वास्थ्य सम्बन्धित केही समस्याहरू रहेका छन् । सप्ताहको दोस्रो सातामा सन्तान पक्षबाट केही अशुभ समाचार प्राप्त हुन सक्छ । महिनाको पहिलो १५ दिन तपाईंको लागि अलिकति आर्थिक समस्या लिएर आउन सक्छ । तर महिनाको उत्तरार्धमा तपाईंको आर्थिक पक्ष सबल रहनेछ । राजनीतिमा हुनुहुन्छ भने तपाईंको पद प्रतिष्ठामा वृद्धि हुनेछ । प्रेम सम्बन्धमा कुनै समस्या आउँदैछ भने त्यहाँ सुधारका योगहरू छन्‌ । यात्रा गर्ने योग रहेको छ। विशेष गरी जीवनसाथीसँग कुनै लामो यात्राका योग पनि प्राप्त हुन सक्छ जो कि एकदमै सुखद रहनेछ। भगवान शिवजीको आराधना गर्दा उचित फल प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरुका लागि मङ्सिर महिनाको प्रथम साता अतिरिक्त कार्यभारको साथमा व्यतीत हुनेछ । आफ्नो लक्ष्यको प्राप्तिको लागि हजुरले अतिरिक्त परिश्रम गर्नुपर्ने हुन्छ । महिलाहरूको कार्यक्षेत्र र घरको विषयवस्तुमा तालमेल बसाउन कठिनाइ हुनेछ । भूमि वा भवनमा कुनै प्रकारको समस्या रहेको छ र कुनै प्रकारको कानुनी मुद्दा मामिला खेपिरहनुभएको छ भने अत्यन्त कष्टप्रद स्थितिको सामना गर्नुपर्ने हुनसक्छ । कुनैपनि कार्य गर्दै हुनुहुन्छ भने अत्यन्त सावधानीपूर्वक गर्नुहोस्‌ । हातमा आएका अवसरहरूलाई जान नदिनुहोस्‌ नभए आएको सफलता पनि हराउन सक्छ । यदि कुनै पार्टनरसिपमा व्यापार गर्दै हुनुहुन्छ भने आफ्नो पार्टनरप्रति पूर्ण विश्वास नगरिहाल्नुहोला । कसैसँग प्रेम गर्नुहुन्छ भने सकेसम्म यो महिना तपाईंले आफ्नो प्रेमलाई व्यक्त नगर्नुहोस्‌ ।  (अधिक जानकारीका लागि 977-9849559502)

– ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.