फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’ मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा अनुबन्धित भएकी छन् ।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका हुन् । यस फिल्ममा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् ।
फिल्म ‘ए मेरो हजुर ३’बाट डेब्यु गरेकी सुहानाले पहिलोपटक घरबाहिरको फिल्ममा काम गर्न लागेकी हुन् । गत वर्ष फिल्म ‘एक भागवत् एक गीता’मा देखिएकी उनले ‘ए मेरो हजुर ४’मा पनि प्रमुख भूमिका निभाएकी छन् ।
‘परालको आगो’लाई भने लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । आगामी वर्ष २०८२ को दशैंमा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा सुशील देवकोटाको लेखन रहनेछ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता पोखरेलको भनाई छ ।
केही दिनअघि मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशील पोखरेललाई ‘कथाको भाव र मर्म’ नबिग्रने गरी फिल्म निर्माणका लागि मञ्जुरी दिएका थिए ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
