एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार
जानकारी केन्द्र
२०८१, मंसिर, १३
काठमाडौं । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार भइरहेको पाइएको हो।
बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेसँगै यो रहस्य खुलेको हो।
इलाका प्रहरी बर्दिबासबाट खटिएको टोलीले बुधबार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी गर्दा ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।
एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाएको अवस्थामा ब्राउन सुगर बरामद भएको र चालकसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
