• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • ६ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • ७ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • ८ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • ८ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १० घण्टा 

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • १ दिन 

मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद
  • १ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • ४. मोबाइल नम्बर वा इमेल परिवर्तन भए वित्तीय संस्थालाई जानकारी गराउन राष्ट्र बैंकको आग्रह

  • ५. एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान

  • ६. कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • ७. ट्राफिक प्रहरीको अनलाइन भुक्तानी अवरुद्ध हुने

  • ८. वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

  • ९. एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट

  • १०. बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री

जानकारी केन्द्र २०८१, मंसिर, १४

काठमाडौं ।  यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगा सिद्धिचरण नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे रहेका छन्।

गौतम र खड्कालाई मध्यपुर ठिमी नगरपालिका-२ गठ्ठाघर र घिमरेलाई महालक्ष्मी नगरपालिका-८ लुभु ललितपुर टाउन प्लानिङस्थित बायो फुड्स नेपाल प्रालिबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

उनीहरूलाई विभिन्न मितिमा पक्राउपछि बिहीबार ब्युरोले सार्वजनिक गरेको हो। उनीहरूले यार्सागुम्बासहित सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको भन्दै लामो समयदेखि बजारमा नक्कली औषधी बिक्री-वितरण गर्ने गरेको पाइएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

उक्त सामग्री हिमाली जडिबुटी रहेको, त्यसले यौन क्षमता बढाउने, शक्ति बढाउने र स्टामिना बढाउने भन्दै तिनै जनाले बजारमा बिक्री गरिरहेको पाइएको छ। तर, ती सामग्री परीक्षण गर्दा नक्कली रहेको पुष्टि भएपछि प्रहरीले कारबाही थालेको बोगटीले बताए।

उनीहरूले शिखर यार्सा पावर, हिमाली यार्सा प्लस, यार्सागुम्बा गोल्ड, यार्सा किङ, हिमाली यार्सागुम्बा, यार्सागुम्बा किङ, यार्सागुम्बा किङ प्लस, यार्सागुम्बा प्रिमियम, सुगर कन्ट्रोलर गाइम्निमा, पायल्स निको आयल, चाचरी आयल, बिउटी सुपरबा हर्बल आयल लगायत विभिन्न नामका बट्टामा त्यस्ता सामग्री बेचबिखन गर्ने गरेका थिए।

‘ती सामग्रीका क्याप्सुल देखाएर फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ बोगटीले भने, ‘बृद्वदेखि युवा समेतले खाना मिल्ने, कुनै साइड इफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरेर सर्वसाधारणमा भ्रम सिर्जना गरेको पाइएको छ।’

उनीहरूले एक बट्टाको दुई हजारदेखि पच्चीस सय रुपैयाँसम्म मूल्य राखेका थिए। उनीहरूले गठ्ठाघरमा एउटा घर भाडामा लिएर स्टोर नै सञ्चालन गरिरहेको पाइएको छ।

घिमिरे लुभु ललितपुरमा बायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लिमेन्ट फ्याक्ट्रीका सञ्चालक रहेको बोगटीले बताए। लुभुको फ्याक्ट्री र गठ्ठाघरको स्टोरबाट लाखौंका यार्साजन्य भन्दै भन्दै बिक्री गरिने नक्कली सामग्री बरामद भएको छ।

यार्सा प्लस प्रतिबट्टा २५ सयका दरले १०७० बट्टा बरामद भएको छ। त्यसको मूल्य २६ लाख ७५ हजार हुन आउँछ।

यस्तै, यार्सा किङ ११ लाख ६५ हजार, प्रोस्टेट केयर दुई लाख,  पायल्स निको तेल दुई लाख ४४ हजार, सुगर कन्ट्रोलर १३ लाख ६ हजार बराबरको सुगर कन्ट्रोलर, चार लाख ४५ हजार मूल्य पर्ने चाचर आयल लगायत ६५ लाख २८ हजार २५० रुपैयाँ मूल्यको सामग्री बरामद भएको छ।

‘पक्राउ परेकामाथि अनुसन्धान जारी छ, कसैले यस्ता सामग्री औषधी भन्दै बिक्री गरिरहेको भए जानकारी गर्न सर्वसाधारणलाई अनुरोध गरेका छौं,’ बोगटीले भने।

सामाजिक सञ्जालमा औषधी भन्दै प्रचार-प्रसार गरिने यस्ता सामग्री प्रयोग गर्नुअघि राम्ररी बुझ्न ब्युरोले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.