प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
जानकारी केन्द्र
२०८१, मंसिर, १६
काठमाडौं । जारी सिजनको प्रिमियर लिगमा आर्सनलले फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई ५-२ गोलले पराजित गरेको हो। सबै गोल खेलको पहिलो हाफमा भएका थिए।
आर्सनलले अग्रता गाब्रियलको गोलबाट सुरू भएको थियो। गाब्रियलले खेलको १० मिनेटमा गोल गरेका थिए।
२७ मिनेटमा ट्रोस्साड, ओडेगार्डले ३४ मिनेटमा पेनाल्टीमा, काई हाभार्टजले ३६ मिनेटमा र बुकाओ साकाले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेका थिए।
वेस्ट ह्यामका वान बिसाकाले ३८ र एमर्सनले ४० मिनेटमा गोल फर्काएका थिए। दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल भएन।
जितसँगै १३ खेलबाट आर्सनलले २५ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १२ खेलमा ३१ अंकसहित शीर्षस्थानमा छ।
वेस्ट ह्याम युनाइटेड १३ खेलमा १५ अंकसहित अंक तालिकाको १४औं स्थानमा रहेको छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

