नेपाली सडकमा फेरि देखा पर्यो इकुटर इलेक्ट्रिक स्कुटर
काठमाडौँ । केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको इकुटर इलेक्ट्रिक स्कुटर फेरि नेपाली सडकमा देखा परेको छ। प्राप्त जानकारी अनुसार, यो स्कुटरलाई जिरो इमिशन राइड एन ले नेपाली बजारमा पुनः प्रस्तुत गरेको छ।
हालै नेपाली सडकमा इकुटर स्कुटरको परीक्षण गरिरहेको फोटो सार्वजनिक भएको छ। यस विषयमा थप जानकारी लिन खोज्दा जिरो इमिशन राइड एन का सेल्स हेड शंकर शर्माले यस स्कुटरको पुनरागमनको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार, इकुटर स्कुटरलाई उचित मूल्यमा छिट्टै नेपाली बजारमा उतारिनेछ। शर्माका अनुसार, अहिले स्कुटरको इनडुरेन्स टेस्ट अर्थात् आन्तरिक परीक्षण भइरहेको छ। यो परीक्षणले स्कुटरको नेपाली भूभागमा प्रदर्शन र टिकाउपनाको आकलन गर्न मद्दत गर्नेछ।
जिरो इमिशन राइड एन जो नेपालका लागि लुयान इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक पनि हो, विद्युतीय सवारी साधन बजारमा उच्च प्रतिष्ठा राख्दछ। यसको डिलर र सर्भिस नेटवर्क नेपालमा नम्बर १ मानिन्छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र समर्थन प्रदान गरिरहेको छ।
इकुटरको पुनरागमनले नेपाली बजारमा विद्युतीय स्कुटरको प्रतिस्पर्धालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, टिकाउ र वातावरणमैत्री यातायातको थप विकल्प प्रदान गर्नेछ।अब सबैको ध्यान इकुटर स्कुटरको मूल्य र यसको विशेषतामा रहने छ। जिरो इमिशन राइड एनले यो स्कुटरलाई उच्च गुणस्तरका साथ उचित मूल्यमा उपलब्ध गराउने विश्वास दिलाएको छ। नेपाली सडकमा इकुटर स्कुटरको पुनरागमनले विद्युतीय सवारी साधन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय